वीरगन्ज १८ चैत / वीरगन्जको आदर्शनगर स्थित रहेको लर्डस दयालोको किङग्स क्यासिनोमा आइतबार बिहान करिब ४:०० बजेको समयमा कुटाकुट भएको छ।
क्यासिनोका संचालक कमल केसीले हिसाबकिताब गर्नका लागि आफ्नो एजेन्टलाई बोलाई वादविवाद गर्न लगाएर क्यासिनोकै बाउन्सरबाट कुटपिट गर्न लगाएको बुझिएको छ ।
बिरगन्ज माईस्थान वडानबर ६ बस्ने सन्दीप रौनियार लाई त्यहा कार्यरत बाउन्सर र वेटरले एका एक कुटपिट गरेको रौनियारले आरोप लगाएका छ्न ।
क्यासिनोका कर्मचारी ,बाउन्सरबाट निर्घात कुटपिटबाट रौनियारको ढाडमा गम्भीर चोटपटक लागेको रौनियारको आरोप छ ।
किङ्ग्स क्यासिनोमा यस्तो घटना कुनै नौलो होईन, बिगतको दिनमा वीरगन्जको रामटोल निवासी दुंगेल थर भएका एक नेपाली क्यासिनोबाट करिब २ लाख जिती रकम घरलान खोज्दा क्यासिनोको मुल गेटमै उनको टाउको फुटाइ रकम लुटपाट भएको थियो ।
यो घटना लाई मिलाउन क्यासिनो सन्चालकले लाखौं खर्च गरेका थिए ,भने पीडित लाई क्षतीपुर्ती दिएको श्रोतले जानाएको छ ।
नेपालको कानुनले क्यसिनोमा नेपालीहरुको प्रवेश निषेध गरिएको भएतापनि यहाँ भारतीय नागरिक भन्दा बढी नेपालीहरुको प्रवेश गराईएको तथ्य बारम्बार सन्चार माध्यममा उजागर भएको अवस्था छ, तर पनि स्थानीय प्रहरी प्रशासनले कुनै पनि कार्यवाही नगरेको पिडितहरुले आरोप लगाएका छ्न । क्यासिनोमा नेपालीहरुले जुवातास, फ्लास खेलेर लाखौंलाख रुपैया हारेको कतिपय तथ्य प्रमाणहरु रहेको छ। तसर्थ वीरगन्ज लगाएत बारा,पर्सा र रौतहट जिल्लाका अधिकांश युवाहरू घर जग्गा नगद हारेर बिल्लीबाठ भएको उधारण सजिलै भेट्न् सकिन्छ । साथै केहीले त आत्म हत्या समेत गरेको घटना हाम्रै समाजमा छ । वीरगन्जका मारवाडी समुदायका युवाहरु पनि क्यासिनो खेल्ने कार्यमा पल्केका छन । साथै एजेन्टहरु मार्फत वीरगन्जका धनाढयहरुलाई ललाई फकाई क्यासिनो सम्म पुर्याउने काम एजेन्टमर्फत भएको प्रामण हामी सग सुरक्षित छ । सो वापत कमिशन दिने चलन रहेछ । हाल आएर एजेन्टले किङग्स क्यासिनोलाई ग्राहक नदिएको निहुँमा साहु कमल केसिले बाउन्सर र वेटरहरुलाई उचालेर आफुमाथी मारपिट गराईएको आरोप रौनियारले लगाएका छ्न ।
क्यासिनो संचालक मध्येका चतुर खेलाडी रहेको केसिले देशको विभिन्न ठाउँमा घडेरीहरु जोडेका छन। कुनै कालखण्डमा केसीको अवस्था नाजुक हुदां लुकेर बस्ने अवस्था थियो । वीरगन्जमा लर्डस दियालो खुलेपछि एक जना स्थानीय युवा नेतासंग सहकार्य गरेर पुन: क्यासिनो संचालन गरि केही युवा जमातलाई प्रलोभनमा पारेर अकुत सम्पत्ति कमाउन सफल भएको केसी निकटतमले बताएका छन। क्यासिनोलाई मुकाममा पुर्याउने युवाहरूको सपनालाई चकनाचुर गरेर धोकाधारी गरि बहिष्कार गराई एकलौटी रुपमा साम्राज्य बिस्तार गरेर नेपाली नागरिकहरुलाई घरबार बिहिन बनाई आफू अर्थको रजाइँमा विलासी जीवनयापन गर्दै आईरहेको भुक्तभोगीहरुले आरोप लगाएका छन ।साथै वेटरसंग तर्बुजा माग्ने बिषयमा भएको विवादले उग्ररुप लिएको हुनाले अहिले वीरगन्जमा बजारमा खैलाबैला मच्चेको छ। त्यहा भारतीय नागरिकले जुवा हारेपछि उसंग पैसा नभएको खण्डमा त्यहा एउटा कोठा रहेको छ,जसमा लगेर बन्धक बनाउने र कुटपिट गरेर उसको घरबाट अथवा आफन्तबाट पैसा भुक्तान गराउने चलन रहेछ। यस विषयमा क्यासिनो संचालक कमल केसीसंग झगडाको बिषयमा फोन गरेर बुझ्दा उहाँले भन्नुभयो कि मलाई केही थाहा भएन के कति कारणले झगडा भएको हो म बुझेर तपाईंलाई घटनाको बारेमा जानकारी गराउने प्रतिक्रिया दिए तर हालसम्म घटनाको कुनै जवाफ नआए पछि यस बिषयमा पर्साका नव आगन्तुक प्रहरी उपरीक्षक कुमोद ढुगेलसंग बुझ्दा घाइते पिडितले उजुरी लिएर आएपछि छानबिन गरि आवश्यक कार्यवाही गरिने अर्थात नेपालीलाई क्यासिनोमा छिराएको प्रमाण फेला परेमा संचालकलाई अन द स्पोट कानुनी दायरामा ल्याउने प्रतिक्रिया दिनुभयो ।
थप प्रमाण सहित हामी यो घटनालाइ उजागर गर्ने छौ।