Birgunj News24
केडिया आँखा अस्पताल र गोयल वेलफेयर सोसाईटी सामाजिक अभियानमा लाग्यो

 

 

वीरगंज, चैत १९

नेपाल नेत्र ज्योति संघ रामकुमार महाविर प्रसाद केडिया अँखा  अस्पताल र नर्सिङ्ग दास वृजलाल गोयल वेलफेयर सोसाईटी वीरगंज बीच आज आ“खा अस्पतालको प्रा·णमा दुवै पक्ष संयुक्त रुपमा सामाजिक अभियानमा लाग्ने सहमति पत्रमा हस्ताक्ष्ँर भएको छ । 

केडिया आखा  अस्पतालक अस्पताल व्यवस्थापक प्रकाश कुमार वर्मालाई नर्सिङ्ग  दास वृजलाल वेलफेयर सोसाईटी पर्साका संस्थापक अध्यक्ष्ँ शिव गोयलले उक्त सहमति पत्र बुझाएका हुन । अस्पतालको तर्फबाट डाक्टर नितिन तुल्स्यान मेडिकल निर्देशकले उक्त सहमति पत्रमा हस्ताक्ष्ँर गरेका छन् । हस्ताक्ष्ँर पत्रमा उल्लेख भए अनुसार यस भेगमा कोहि पनि मृत्यु पश्चात वा जलेर वा गलेर गई रहेको कनिंया (आँखा दान) मानिसहरुको दान गर्ने व्यक्तिहरुको खोजी गर्ने अभियानमा दुवै पक्ष संयुक्त रुपमा काम गर्ने सहमति भएको छ । 

सहमति पत्रमा उल्लेख भए अनुसार विभिन्न बादविवाद भएमा आपसी सहमतिमा उक्त विवाद छलफल मार्फत समाधान गर्ने उल्लेख गरिएको छ । प्रथम पक्ष्ँले दोस्रो पक्षलाई विभन्न आखा  संकल्न गर्ने क्रममा प्राविधिक सहयोग प्रथम पक्षले सहयोग गर्ने र अन्य कार्यहरु भने दोस्रो पक्ष्ँले गर्ने भनिएका छ । संकल्न भएका कनिंया आखा सुरक्षित  आखा  बैंक वा हारभेसेटिङ्ग केन्द्र सम्म पठाउने जिम्मेवारी प्रथम पक्षको रहने समेत उल्लेख गरिएको छ । 

आ“खा दान गरिएका वा संकलन विवरण आखा बैंक सम्म सम्पूणर् सम्मको विवरण प्रथम पक्षले राख्ने भनिएको छ । आखा  दान गरेका व्यक्तिको मृत्यु अस्पतालको कभरेज क्षेत्र  भन्दा बाहिर भएमा सोको जानकारी समयमा दोस्रो पक्ष्ँले प्रथम पक्षलाई जानकारी दिनु पर्ने वा मृत्यु भएको स्थानबाट नजिकै भएको आ“खा अस्पताल मार्फत कनिंया संकलनको लागि प्रथम पक्ष मार्फत आग्रह गर्नु पर्ने र दोस्रो पक्षले सोको स्रेह पाउने समेत सो सहमति पत्रमा उल्लेख गरिएको छ । 

सहमति पत्र बुझाउने क्रममा केडिया अँखा अस्पतालका व्यवस्थापक प्रकाश कुमार शर्मा, वेलफेयर सोसाईटीका संस्थापक अध्यक्ष शिव गोयल,  केडिया आखा अस्पतालका लेखा अधिकृत श्रीकान्त प्रसाद कानु, केडिया आखा अस्पतालका प्रशासकिय अधिकृत अरुण महतो लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update