वीरगञ्ज, चैत १९
उप प्रधान मन्त्री तथा भौतिक पुर्वाधार र यातायात ब्यबस्था मन्त्री रघुमिर महासेठले जिणर् अवस्थामा रहेका बाटो तथा पुला पुलेस पुन निर्माणमा तदरुकताको साथ लाग्न आफुनो मातहतका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । आव वीरगञ्जकमा बिभिन्न सडक सन्जालको अवलोकन गर्ने क्रममा उहा“ले यस्तो खालको निर्देशन दिनु भएको हो ।
उप प्रधानमन्त्री समेत रहनु भएका महासेठले रकमको अभाव समस्याको तत्काल समाधान गरिने तर कुनै पनि बहानामा काम रोक्न नपाइने धारणा समेत राख्नुभएको थियो । उहा“ले आजै गण्डक नहरको सडक र पुल, सुख्खा बन्दरगाहाको सडक तथा गण्डक चोकदेखि लिएर भन्सार एरिया सम्मको सडकको समेत अवलोकन गर्नुभएको थियो ।
उहा“ले आजै वीरगञ्जको मुख्य सडक बिस्तारको अवरोधको बिबिधि पक्षको बारेमा समेत जानकारी लिनुभएको थियो । आजै वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उद्योगति बाबुलाल चाचान, पुर्ब अध्यक्ष प्रदिप केडिया लगायतका उद्योगी तथा ब्याबसायीको टोलीले समेत भेट गरि यस भेगका बिबिध समस्याको बारेमा जानकारी गराएका थिए ।
यी सबै भेटघाटमा एमालेका केन्दीय सदस्य तथा प्रतिनिधी सभका सदस्य माननीय राजकुमार गुप्ता, केन्द्रीय सदस्य अरबिन्द सि“ह, नेता बिजय कुमार सरावगी, शिव पटेल, बिश्वम्भर कुमार शर्मा, बिचारी यादब लगायतको सहभागिता रहेको थियो । सभार/चवाईस खबर