Birgunj News24
एमाले नेता बिचारी यादवको पहल र मन्त्री सेठको ठाडो निर्देशनमा निर्माणाधिन पुलको निर्माण कार्य शुरु


बिरगंज ,२० चैत ।वीरगंज २३  प्रसौनी बिर्ता स्थित सरिसवा नदिमा निर्माणधिन गैयाघाट पुलको निर्माण कार्य पुनः शुरु भएको छ । उप प्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको ठाडो निर्देशनमा निर्माणाधिन गैयाघाट पुलको निर्माण कार्य शुरु भएको हो । नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं संबिधानसभा सदस्य बिचारी प्रसाद यादवले सोमबार कलैयामा आएका मन्त्री महासेठलाई निर्माणाधिन पुलबारे ध्यानाकर्षण गराएका थिए । यादवले ध्यानाकर्षण गराएको भोली पल्ट अर्थात आज सडक बिभागका डि राजेश यादव ,ईन्जिनियर रंजित साह सहितको टोलीले निर्माणाधिन पुलको स्थलगत निरिक्षण गरेका छन । निर्माणाधिन पुलको निरिक्षण गर्दै डि यादवले बजेट अभावमा पुलको निर्माण कार्य रोकिएको भन्दै अब नयाँ मन्त्री फेरिए संगै पुलको निर्माण कार्य तिव्र गतिमा अगाडि बढ्ने बताए ।सम्भव भए असार सम्म पुल निर्माण कार्य सम्पन्न हुने नभए दशैं सम्म पुलको निर्माण कार्य सकिने गरि काम गरिने ईन्जिनियर साहले बताए । १० करोडको लागतमा निर्माण भईरहेको पुलको ठेक्का डिस मोना कन्सर्टक्सनले लिएको छ । स्थलनगत निरिक्षणको क्रममा वडा अध्यक्ष अवधकिसोर कुशवाहा, वडा सदस्य लालबाबु यादव,एमालेका नेता बिरेन्द्र यादव लगायतको उपस्थ्तिी थियो । पुलको शिलान्यास संबिधान सभाका सदस्य बिचारी यादवले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update