लेखक रञ्जु दाहालको दोस्रो यात्रा निबन्धात्मक कृति डोहोडोहो डोल्पो पुस्तकको परिचर्चा कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । नारायणी बाङमय प्रतिष्ठान वीरगंजको आयोजनामा सो परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष डा. बिश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुराम बहुमुख क्याम्पसका प्रध्यापक ईन्द्र भट्टराई,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने,महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जारा लगायतकाले पुस्तक बारे परिचर्चा गरेका थिए । सो अवसरमा वक्ताहरुले डोहोडोहो डोल्पो पुस्तकका लेखक दाहालको लेखन शैलीको चर्चा गर्दै पुस्तकबारे समिक्षा समेत गरेका थिए। नेपाली समाजमा बिद्यमान बिभेदलाई चिर्दै लेखक दाहालले लेखेको निबन्धात्मक कृति आफैमा कठिनाई र चुनौतीको प्रतिकको रुपमा रहेको वक्ताहरुले बिश्लेषण गरेका थिए । निबन्धात्मक लेखनी महिला लेखकको लागि चुनौती भएको बताउदै उनले देखाएको अदम्य साहस र चुनौतीको पनि प्रंशसा गरिएका थियो । लेखक दहालले डोहोडोहो डोल्पो पुस्तक पढेर कमीकमजोरी औंल्याईदिन आग्रह गर्नुभयो । उहाँले पुस्तक लेख्ने क्रममा थुप्रै बाधा आएपनि त्यसलाई चिर्दै अगाडि बढेको बताउनुभयो । नेपाली भाषा साहित्यको बिकाशको लागि दाहालले वीरगंजमा पसिना बगाउन तयार रहेको समेत घोषणा गर्नुभयो ।
माईटिभि प्रागंनमा सम्पन्न कार्यक्रमको सहजिकरण गिता भण्डारीले गरेकि थिईन भने स्वागत भाषण महेशचन्द्र गौतमले गरेका थिए ।
कार्यक्रममा साहित्यकार ध्रुव सिंह ठकुरी, बिनय गौतम,युवराज खड्का,बलराम दहाल, दिलिप कार्की,पत्रकार कबिता खड्का,अखलेश प्रसाद साह, अकलेश साह, एस.के चौरसिया,अजमत अली,शैलेश कुशवाहा,निरन्जन मिश्र, किरण सत्याल,कन्हैया गुप्ता,सुवास आले,हिरा श्रेष्ठ लगायतको उपस्थिती थियो ।