Birgunj News24
महाआरती भव्य रुपमा मनाउन  समितिद्वारा तयारी सुरु

वीरगञ्जको प्रसिद्ध मन्दिर गहवामाईको ‘महाआरती’ भव्य रुपमा मनाउन श्री गहवामाई रथ यात्रा समिति समितिले बिहिबार देखी तयारी सुरु गरेको छ । 

यहि बैशाख ५ गत रामनवमीको अवसरमा महाआरती हुने भएपछि पछिल्लो वर्ष भन्दा यस वर्ष भिड बढ्न सक्ने समितिको अनुमान छ । जसकारण महाआरतिलाई भाब्यताका साथ सफल बनाउन  श्री गहवामाई रथ यात्रा समितिले आज बिहान बैठक राखी तयारी सुरु गरेको जनाएको छ ।

‘महाआरती’मा आसपासका जिल्ला लगायत सिमापारीका श्रद्धालुहरुको हजारौको सख्यामा भिड बढ्ने भएकाले यसलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका कसरी अगाडी बढ्ने भन्ने बारेमा समितिको पहिलो बैठकमा छलफल भएको रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए । 

भिडलाई व्यवस्थित गर्न शुक्रबार भोली देखी आरतीमा सहभागी हुन चाहने भक्तजनका लागी टोकन वितरण नम्बर वितरण गरिने उनले बताए । यसकालागी गहवा माई मन्दिरको छेउमा रहेको मन्दिर समितिको कार्यालयमा सम्पर्क गर्नु पर्ने छ ।  

यसका साथै रथयात्रा समितिले आज देखी जनजागरण अभियान तथा प्रचारप्रसार सुरु गरेको छ । हिन्दू संघका अगुवाहरु, स्थानीयवासी, विभिन्न संघ संस्था अभियन्ता जनप्रतिनिधिलाई जानकारी गराउनुका साथै संचारमाध्यमहरुबाट प्रचार प्रसार सुरु गरिएको रथ समितिका महासचिव पप्पु गुप्ताले बताए । 

महासचिव गुप्ताका अनुसार महाआरतीको तयारीका लागी करिब ३ लाख रुपैयाको खर्च रहेको अनुमान गरिएको छ । सो सम्बन्धि इच्छुक दाताहरुले समितिका पदाधिकारीहरु संग सम्पर्क गरि सहयोग गर्न सकिने उनले आग्रह गरे । तर भक्तजनसंग प्रवेश शुल्क लगायत अन्य कुनै प्रकारको साजसजावटको शुल्क नलिइने उनले बताए । 

महाआरतीमा भक्तजनले घरबाट आरतिको सामग्रीहरु जस्तै पुजाको थाली, फुल, दियो तेल बत्ति लिएर मात्र सहभागी हुनु पर्ने छ । 

गहवा माईको दास्रो महाआरती यहि बैशाख ५ गते बुधबार रामनवमीको दिन बेलुकी ६ बजे मन्दिरको प्राङ्गणमा हुने छ । भने महाप्रसाद वितरण पनि सोहि दिन रहेकाले मन्दिरको प्राङ्गणमा बेलुकी साढे ७ बजे रहेको जनाइएको छ । त्यस्तै, वैशाख ४ गते विहान ७ बजे देखी हुने प्रभात फेरि मा पनि सहभागी हुन महासचिव पप्पु गुप्ताले अनुरोध गरेका छन् ।

आज पहिलो दिनको छलफल समितिका उपाध्यक्ष देवानन्द कलवारको अगुवाईमा मन्दिरको प्राङ्गण सम्पन्न भएको छ । सो बैठकमा कोषाध्यक्ष रवी अग्रवाल, पण्डित ज्योतिष सम्राट पुरुषोत्तम दुबे,समितिका सदस्य दिपु गुप्ता, पवन वर्णवाल, बिनय गुपता,प्रेम गुप्ता, ललन चौरसिया, मुन्ना साह , धिरेन्द्र गुप्ता र बिनोद सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update