रामनवमी पुजाको अवसरमा आयोजीत रामनवमी महोत्सव तथा सोभा यात्रालाई सफल बनाउन कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान आज दोश्रो दिन पनि जारी रहेको छ ।
शुक्ररवार कुर्मी सशक्तिकरण मञ्च पर्साले जनजागरण अभियानलाई निरन्त्रता दिदैं बिरगन्ज महानगरपालिकाको वडा नम्बर १४ पिपरामा भेटघाट तथा निमन्त्रणा दिएको हो ।
जनजागरण अभियानको क्रममा पछिल्लो सालको रामनवमी पुजामा सहभागी भएका चंदा दात्ताहरु रामनारायण कुर्मी, लालबहादुर पटेल, शिजी पटेल लगायतकालाई गम्छा, टिका लागाई कदर पत्रले सम्मान समेत गरिएको हो ।
अभियानमा यही बैशाख ५ गते परेको रामनवमी महोत्सव तथा शोभा यात्रामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन कुर्मी समाज तथा हिन्दु धर्म प्रती आस्था राख्ने सम्पुर्ण हिन्दु धर्मंलवम्बीहरुमा अनुरोध समेत गरिएका होे ।
शोभा यात्रा कुर्मी सेवा सदन देखि निकालिने र बिरगन्जको नगर परिक्रममा गरि पुनः कुर्मी सेवा सदन रामगढमा पुगेर पुजा पाठ हुने र सोही दिन देखि अष्ठजाम पुजा सुरु गरिने कार्यक्रम रहेको मञ्चका अध्यक्ष दिपक पटेलले जानकारी दिए ।
सो अवसरमा पूर्व वडा अध्यक्ष भरत कुर्मी, नेपाली काँग्रेसका उपसभापति रामनारायण कुर्मी, नेकपा एसका नेता मदन पटेल, कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष दीपक पटेल, वरिष्ठ उपाध्क्ष खेमराज पटेल, राजेश पटेल, ईन्चार्ज धर्मेन्द्र पटेल, कोषाध्यक्ष राजेश पटेल, निवर्तमान अध्यक्ष विशेषवर पटेल, सह सचिब दीपेन्द्र सिंह पटेल, मायानिधी पटेल, सदस्य कन्हैया पटेल, जितेंद्र पटेल लगायतको सहभागिता रहेको मञ्चका प्रवक्ता अनिल पटेलले जानकारी दिए ।