Birgunj News24
तराईका ६ वटा जिल्लाका नेपाल प्रहरी का एसपी फेरिए,बारामा महेन्द्र खड्का 

२३ चैत,काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक९एसपी०हरुको सरुवा गरिएको छ  । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । 
बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ । धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ । 

महोत्तरीमा श्याम राई कार्यरत थिए । सर्लाहीमा दयानिधी ज्ञवाली र धनुषामा मित्रबन्धु शर्मा कार्यरत थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update