Birgunj News24
रास्वपाको प्रदेश कमिटी सदस्यमा पन्त र प्रजापति निर्वाचित

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त निर्वाचित भएका छन ।  पर्सामा रिक्त रहेको  दुई  प्रदेश सदस्य पुर्तिको लागि हिजो अबेर बिन्दबासिनी मन्दिरको सभा  हलमा सम्पन्न राष्ट्रिय  स्वतन्त्र  पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापती समेत निर्बाचित भएका हुन ।

प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनाबमा शुरुमा १४ जना योग्यता पुगेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको बाताबरण निर्माण गर्न छ जना उम्मेदवार हरुले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । 

अन्त सम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमाने पछि  हरि पन्त, सुदिश प्रजापति, दिप राज पटेल, मुर्ली जलान र राम सुन्दर आर्य लगाएत ८ जनाले आ आफ्नु उम्मेदवारी कायम राखेका थिए ।


पर्साको चारै ओटा निर्वाचन क्षेत्रको निर्बाचित  क्षेत्रीय पदाधिकारीहरु, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्साबाट निर्बाचित प्रदेश प्रतिनिधिहरु गरि २८ मतभार ९ मतदाता ० रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए । कुल खसेको मतमा सम्पूर्ण २५ मत सदर भएको थियो ।  जस मध्ये  लगभग दुई तिहाइ सर्बधिक १७ मतभारद्वारा हरि पन्त निर्बाचित भएका थिए ।
यता अर्का  निर्वाचित प्रदेश सदस्य सुदिश प्रजापति १० मतभार पाएर बिजयी भएका थिए ।  पराजित उम्मेदवारहरुमा दिप राज पटेलले ९ मत प्राप्त गरे भने अर्का पराजित उम्मेदवार मुर्ली जलान ले भने ६ मत मात्र प्राप्त गरेका थिए ।  त्यसै गरि राम सुन्दर आर्यले ४ मत प्राप्त गरे भने अर्का २ उम्मेदवारहरुले १र१ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरुप पार्टीको जिल्ला सम्योजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन  क्षेत्र, गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरु द्वारा प्रदेश कमिटि सदस्यमा  निर्वाचित  भएर आउनै पर्ने बाध्यकारी हुन्छ

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update