पर्साको बिन्दवासिनी गाँउपालिकाको कार्यालयमा भ्रष्टचार र बेथिती मौलाएको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले खबरदारी लगायतका कार्यक्रम गर्ने भएको छ ।
शनिबार बहुअर्वाभाठामा बसेको नेविसंघको गाँउपालिका ईकाइ समितिको बैठकले पालिकामा भइरहेको भ्रष्टचार र बेथिती विरुद्ध खबरदारी लगाययतका दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष विकास पटेलले बताए ।
बैठकले सुरुमा गाँउपालिका कार्यालयले दिने शिक्षा क्षेत्रसंगै अन्य सेवा सुविधा र भइरहेका विकास विर्माणका कामहरुको लिखित रुपमै सूचना माग्ने र गाँउपालिका कार्यालयले सूचना दिन आलटाल गरेर चरणबद्ध रुपमा खबरदारी लगायतका दबाब मुलुक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी नेविसंघका जिल्ला सचिव सुधांशु चौरसियाले जानकारी दिए ।
पछिल्लो केहि समय यता गाँउपालिकामा जनप्रतिनिधी र कर्मचारीहरुको मिलोमतोमा भ्रष्टचार बढ्को जनगुनासो आउन थालेपछि नेविसंघले त्यसलाई रोक्न यस्तो निर्णय गरेको चौरसियाले बताए । यस्तै बैठकले गाँउपालिकाका सामुदायिक विद्यालयहरुमा दिवा खाजा, छात्रवृति वितरणको अवस्था लगायतका विषयमापनि विद्यलयहरुमै पुगेर अनुनगमन गर्ने निर्णयपनि गरेको जानकारी उनले गराए । बैठकले पालिकामा नेविसंघको संगठन विस्तार कार्यलाई अगाडि बढाउने निर्णयपनि गरेको उनले बताए ।
अध्यक्ष पटेलको अध्यक्षता र जिल्ला सचिव चौरसियाको विशेष उपस्थितीमा बसेको बैठकमा नेविसंघका नेता कार्यकर्ताहरुकोपनि सहभागीता थियो ।