समस्यै समस्याको बीचमा पनि मुलुकको आर्थिक अवस्थालाई सुधारको अवस्थामा गइरहेको कुरा आयोजित एक कार्यक्रममा संघीय सरकारका अर्थमन्त्री बर्षमान पुनले बताएका छन । अर्थमन्त्री पुनले वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको माँगमा सरकार सकारात्मक रहेको बताएका छन्। आइतबार वीरगन्ज उद्योग वाणिज्य संघमा आयोजित राजश्व परामर्श तथा बजेट तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले वीरगन्जलाई आर्थिक नगरी घोषणाको मागमा आफ्नो समर्थन रहेको बताएका हुन्।
मधेस प्रदेश सरकारसंगको समन्वयमा वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको उनको भनाइ थियो। ’लोकतन्त्रमा सरकारले नागरिकका आवाज सुन्नैपर्छ’, मन्त्री पुनले भने, ’वीरगन्ज आर्थिक केन्द्र नै हो। औद्योगिक नगरी नै हो।’
देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए निराशाको अन्त्य गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकारले प्रयास गरिरहेकाले विश्वास गरिदिन उनको भनाइ थियो । कार्यक्रममा बीरगंका उद्योगी ब्यापारी तथा ब्याबासायीहरुको बाक्लो सहभागिता रहेको कुरा प्राप्त समाचारमा जनाइएको छ ।