जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान कार दुर्घटनामा
जनमत पार्टीका उपाध्यक्ष एवम् सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।
हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको बताइएको छ ।
उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुन सकेको छैन ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय