Birgunj News24
नेशनल मेडिकल कलेजमा महानगरको छापा, एमडि र ल्याब प्रमुख पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेको छ।

मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेशनल मेडिकल कलेजको ब्लक ९ए० मा रहेको प्रयोगशाला ९ल्याब० मा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेको हो।

उप‍(मेयर इम्तियाज आलमको नेतृत्वमा रहेको सो टोलीले छापामारीको क्रममा सन २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको ठाकुरले बताए।
प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको ९डेट एक्सपायर० केमिकलहरु बरामद भएको छ। बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update