Birgunj News24
बयोधा र प्रभु हस्पिटलमा महानगरको अनुगमन, कुनै त्रुटि नभेटिएको समितीको कथन


वीरगंज,चैत्र २७

 वीरगन्ज महानगरको अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिएको छ । समितीले मंगलबारपनि वीरगन्जका दुई वटा नीजि अस्पतालमा अनुगमन गरेको छ । समितिले आज  वीरगन्जकोे नारायणी बयोधा मेडिसिटिी अस्पताल र प्रभु हस्पिटलमा अनुगमन गरेको हो ।IMG-20240409-WA0034-1712659851.jpg

अनुगमनको क्रममा दुवै अस्पतालमा कुनै त्रुटि  नभेटिएको समितिले जनाएको छ । सो अवसरमा महानगरका अधिकृत विपीन कुमारलाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव , प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतकोपनि सहभागीता थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update