Birgunj News24
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज र ल्याब प्रमुख डा।साह हाजिरी जमानीमा रिहा

 वीरगञ्जको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक९एमडी० शहनवाज अन्सारी र ल्याब प्रमुख डाक्टर सन्जय साह रिहा भएका छन् ।
सोमबार वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा गरिएको नियमित अनुगमनका क्रममा म्याद सकिएको रि–एजेण्ट केमिकल सहितको औषधि बरामद गरेपछि मेडिकल कलेजबाटै नियन्त्रणमा लिएको प्रहरीले अन्सारी र साहविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्ध मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
मेडिकल कलेजको ल्याबमा म्याद सकिएका केमिकल लगायतका औषधी बरामद भएपछि प्रहरीले पक्राउ गरेको मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख डाक्टर साहलाई हाजिरी जमानीमा रिहा गरेको हो । गएराति प्रहरीले दुवै जनालाई हाजिरी जमानीमा रिहा गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
सरकारी वकिलको सहमतिमा दुवैलाई हाजिरी जमानीमा बुधबार राति उनीहरुको आफन्तको जिम्मा लगाएर पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरी नयाव उपरीक्षक थापाका अनुसार प्रवन्ध निर्देशक शाहनवाजलाई थप उपचार गर्न लानुपर्ने चिकित्सको सल्लाह अनुसार हाजिरी जमानीमा रिहा गरेको बताए ।
मंगलबार पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप लिएको प्रहरीले बुधबार फेरि अदालतमा पेश गर्दा अदालतले पुन पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । बुधबार राति प्रहरीले हाजिरी जमानीमा रिहा गरेपछि अन्सारीलाई उनका आफन्तले अस्पतालबाट घर लिएर गएका छन् ।
शाहनवाज र ल्याब प्रमुख डा।सन्जय साह हाजिरी जमानीमा छोडेपछि विभिन्न टिकाटिप्पणीहरु शुरु भएको छ । सामाजिक सञ्जाल लगायत चोक चौराहमा पैसा र शक्तिको पहुँचमा दुवैजना दोषीलाई प्रहरीले छोडेको भन्दै व्यापक आलोचना भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update