काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना ( फास्ट ट्रयाक ) को निर्माणधिन साईटहरुको स्थलगत निरिक्षण आज सम्पन्न भएको छ । रक्षा मन्त्री हरि उप्रेती, कृषी तथा पशुपँक्षी मन्त्री ज्वाला साह, पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ बाट संसदमा प्रतिनिधीत्व गर्ने माननीय सांसद एवं एमाले नेता राजकुमार गुप्ता, बारा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने माननीय सांसदहरु अच्युत मैनाली, किसान श्रेष्ठ, नेपाली सेनाका प्रधान सेनापति, बिभिन्न मन्त्रालयका सचिबहरु ल्गायतको संयु्क्त टोलीले आज ट्रयाकको निरिक्षण गरेको हो ।
टोलीले द्रुतगति निर्माणमा सृजना भएको अवरोध स्थल र पुलहरुको समेत निरिक्षण र जारी परियोजनाहरुको अनुगमन गर्दै अवरोध हटाउने बिषयमा समेत छलफल समेत गरेको थियो । सुरुङ्ग मार्गको आउट पोटल, लेन डाँडा, जितपुर खोला पुलको समेत निरिक्षण गरेको थियो । टोलीले बिभिन्न प्याकेजमा निर्माण स्थल र सुरुङ्ग मार्ग निर्माणलाई गतिदिने, अवरोध हटाउने र युद्ध स्तरमा परियोना सम्पन्न गर्न निर्माण कम्पनीलाई आदेश समेत दिएको समाचार प्राप्त हुन आएको छ ।
यस बारेमा ं टोलीमा संहभागि माननीइ साँसद राजकुमार गुप्तासँग सम्पर्क राख्दा अव तराई मधेशसँग राजधानीको सम्पर्क नजिक हुने बताउनुभयो । यो फास्ट ट्रयाक निर्माण सम्पन्न लगत्तै नेपालको बहुआयामिक क्षेत्रको बिकास हुने र ढुवानीका कारण बार्षिक रुपमा हुने ठुलो ब्याभारमा कमि आउने बताउनु भयो । एमालेका केन्द्रीय सदस्य समेत रहन्ु भएको नेता ग्ुप्ताले द्रुत मार्ग निर्माणमा सृजना भएको कानूनी अवरोधलाई समेत हटाउन सरकारेले अबिलम्व नीतिगत निर्णण र कानून निर्माणमा तदरुकता लिनुपर्ने समेत बताउन्ुभयो । यौटै परियोजना निर्माण सम्पन्न गर्न लामो समय लाग्यो भने बिकासको गतिमा अवरोध आउने र यसको असर नेपाली जनतामा पर्ने भएकोले नेपाली सेनाले अबिलम्ब निर्माण सम्पन्न गर्न कुनै पनि अर्थमा बिलम्ब गर्न नहुने बताउनुभयो ।
नेता गुप्ताले उहिल्यै निर्माण शुरु भएको द्रुत मार्गको कार्य सम्पन्न नहुँदा सरकार प्रतिको जनबिश्वासमा समेत प्रतिकूलता थपिँदै जाने भएकोले लोकको हितको लागि सरकारका निभिन्न निकायले अव कुनै बाहाना बाजी नगरि काम अघि बढाउन्ुपर्ने र आवश्यक बजेट र निर्माण स्थलमा सृजित स्थानीय अवरोध हटाउन सबैको सहयोगको आवश्यक रहेको समेत बताउन्ुभयोे । नेता गुप्ताले नेपाली जनताले बर्तमान सरकारसँग निकै ठूलो अपेक्षा गरेकोले राष्ट्रिय महत्वको परियोजना निर्माणमा बिलम्ब गर्दा निरासा छाउने समेत बताउनुभयो । उहाँले आजै सिस्नेखोला नागढुङ्गा थानकोटको सुरुङ्ग मार्गको ब्रेक थ्रु भएकोले अव देश सुरुङ्ग युगमा समेत प्रबेश गरिसकेकाले फाष्ट ट्रयाक निर्माण पछि पुरै मुलुकमा सृजना भएका असन्तुष्टी अन्त्य हुने र नेपाली जनतामा आशाको रक्तसंचार हुने समेत बताउनुभयो ।