Birgunj News24

वीरगञ्ज । प्रहरी गस्ती टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । 

गत चैत २४ गते देखि वैशाख ३ गतेसम्म २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो ।

भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता कपडा, किराना खाद्यान्न, पशु चौपाया र बनबाट ल्याएको अवैध काठ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन् ।

बरामद सामान सवारीसाधन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा सोमबार साँझ बुझाइएको रौतहट प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update