Birgunj News24
बारा प्रहरीको सक्रियता बढ्यो, तिनदिनमा २९ लाख बराबरको अबैध समान नियन्त्रण

बारा प्रहरीले सक्रियता बढाउदा राजस्व नियन्त्रणमा उल्लेखनिय सुधार भएको छ । बारा प्रहरी मताहतका ईकाई कार्यालयको टोलीले बैशाख ३ गते मात्र २९ लाख बराबरको समान बरामद गरेका छ । 

विशेष सूचनाको आधारमा बिभिन्न स्थानबाट गाडिहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको करिब  २९ लाख,२१ हजार,७ सय,५७ रूपैया बराबरको  समान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटेको प्रहरीको टोलीले बैशाख ३ गते  दिउँसो २ बजे  बिरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख २२९ नं. को डिब्बा भ्यान नियन्त्रणमा लिएर २८,५३,६५७।– बराबर समानको श्रोत खुलाउन नसकेको तथा बिलबिजक भन्दा बढी रहेका गाडी नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी चौकी बरियारपुरको टोलीले बैशाख २ गते ६ बजे महागढीमाई नगरपालिका वडा नं. ०६ बबुआईन बाट  भन्सार छलीका गरी ल्याउदै गरेको बा.६८ प १९६९ र बिआर २२ भि १६४०  नं. को मोटरसाईकलमा लोड गरिएको करिब . ४४,४००।– बराबरको समान प्रहरी टोलीलाई देखी फाली मोटरसाईकल  लिई मानिस फरार रहेकोले उक्त समान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीले खाने तेल –१२ टिना ,प्याज–१४० के.जी. ,बच्चाले खाने अचार  बरामद गरेको छ । यसैगरी प्रहरी चौकी मुसहर्वा,बाराले बैशाख १ गते साढे पाँचबजेको समायमा  विश्रामपुर  गाँउपालिका वडा नं. ०३ मुसहर्वा बाट भन्सार छलेर ल्याउदै गरेको समान बरामद गरेको छ ।  भारतबाट नेपाल तर्फ भन्सार छली गरी टाऊकोमा बोकी ल्याउदै गरेको करिब २३हजार को खुद्रा समानहरु प्रहरी टोलिलाई देखी फालेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा लिएका समानहरुलाई  आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update