वीरगंजको माईस्थानबाट निकालियो गहवामाईको निशानसहितको प्रथम डोली यात्रा मंगलबार भव्य रुपमा सम्पन्न भएको छ । बिभिन्न बाजागाजा र झाँकीका साथ डोली यात्रा सम्पन्न भएको हो । गहवामाई मन्दिर प्रागंनबाट निस्केको डोलीलाई वीरगंजका मेयर राजेशमान सिंहले बिशेष पुजापाठ गरेका थिए। डोली यात्रा रेशमकोठी,गणेशमान चोक, वीर्तामाई मन्दिर, अलखिया मठबाट मेनरोड भएर महावीर मन्दिर, घन्टाघर चोक हुँदै पुनः गहवामाई मन्दिर प्राङ्गणमै पुगेर समापन भएको माईस्थान मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र कुमार शाहले जानकारी दिए । रातो पहिरन र माताको फोटा अंकित झण्डा सहित निस्केको बिशाल जुलुसमा हजारौं भक्तजनको सहभागिता थियो । जुलुसको स्वागतमा स्थानियहरुले निशुल्क जुस र पानी बितरणका साथै ठाँउ ठाँउमा पुष्पवृष्टि समेत गरेका थिए ।