रामनवमीको अवसरमा आज वीरगंजमा भव्य जुलुस निकालिएको छ । वीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमापनि आज भब्य रुपमा राम जन्मोत्सव मनाइदैं छ।
यस अवसरमा आज बिहान रामजानकी मन्दिर प्रांगणबाट झाँकी र बाजागाजासहितको शोभा यात्रा निकालिएको छ ।यस्तै बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजनकिर्तन गरिने,दिउँसो १२ बजेदेखि श्रीराम उत्सवको प्रसाद वितरण गरिनेछ।
यस्तै साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामयण झाँकी प्रदर्शन गरिने,साँझ ६।३० बजे दीप प्रज्वलन तथा महाआरती र बेलुकी ७ बजेदेखि प्रसाद वितरण गर्ने कार्यक्रम रहेको सह आयोजक घडिअर्वा स्पोर्टस् क्लबका अध्यक्ष सन्तोष साह कानुले जानकारी दिए।
वीरगन्ज महानथरपालिकाले ३० बर्षपछि अतिक्रमण मुक्त गरी सौनणदर्यकरण गरेको घडिअर्वाको श्रीरामजानकी मन्दिरमा भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिन गत माघ ८ गते भगवान श्रीराम, माता सीता र हनुमानको मूर्तीको प्राण प्रतिष्ठा गरिएको थियो ।
यसैबिच रामनवमीको अवसरमा कुर्मी सेवा सदन पर्सा र कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा पनि शोभा यात्रा निकालिएको छ । कुर्मी सेवा सदन रामगढवाको प्रागंनबाट बिशाला शोभा यात्रा निकालिएको हो । शोभा यात्रामा पर्सा जिल्लाका कुर्मी समुदायको उल्लेखनिय सहभागिता थियो ।