रामनवमी तथा चैते दशैको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा महाआरती सम्पन्न भएको छ । हजारौं श्रद्धालुहरुको सहभागितामा साँझ ७ बजे महाआरती सम्पन्न भएको हो । वीरगंजको ईतिहासमा पहिलो पटक निकालिएको निशानसहितको डोली यात्राको सफलता पश्चात् आज बुधवार साँझ महाआरती गरिएको आयोजकले जनाएको छ ।
। महाआरती कार्यक्रममलाई सम्बोधन गर्दै वीरगंजका मेयर राजेशमान सिंहले वीरगंजलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा बिकाश गर्न लागि परेको बताए । गहवामाई मन्दिर वीरगंको धरोहर भएकोले मन्दिर बिकाशमा आफुले बिशेष ध्यान दिएको बताए । मन्दिर परिसरलाई अझ व्यवस्थित बनाउन महानगरले कार्य गरिरहेको भन्दै आउने दिनमा वीरगंजमा अझ धार्मिक गतिबिधि गरिने र यसले वीरगंजको बिकाशमा टेवा पुग्ने समेत दावी गरे । कार्यक्रममा डोली यात्रा र महाआरतीमा सहयोग पुरयाउने व्यक्तिहरुलाई सम्मानित समेत गरिएको । त्यस्तै रामनवमीको अवसरमा वीरगञ्जको घडिअर्वा पोखरीस्थित श्री रामजानकी मन्दिर प्राङ्गणमा पनि आरती सम्पन्न भएको छ । आज बिहानै मन्दिरबाट वृहत् शोभा यात्रा पनि निकालिएको थियो ।