Birgunj News24
संघिय सरकारले वीरगंजलाई उपेक्षा गरेको मेयर सिंहको आरोप

बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाउनु भएको छ । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ । उहाँले भरतपुर महानगरमा ३९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराउनु भएको छ । संघिय सासंद रामकृष्ण यादवले बीरगन्ज माथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकार लाई लिखित निर्देशन दिने बताउनु भयो ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघिय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न बीरगन्ज आएको संसदीय टोली ले स्थानिय तह सित अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया मा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह , प्रदीप यादव , देव प्रकाश तिमिल्सिना ,  प्रभु हजरा ,  बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह ,  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल,  प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update