वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट भारतीय एसएसबीले उद्धार गरेको छ भने त्यसमा संलग्न तीन भारतीयलाई पक्राउपनि गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुलबाट बुधबार एसएसबीको एन्टी ह्युमन ट्राफिकिंग युनिट ९एएचटीयू०ले ती बालिकाको उद्धार गरेको हो । ती बालिकालाई प्रलोभनमा पारेर नेपाल ल्याउदैं गरेका तीन भारतीयलाईपनि नियन्त्रणमा लिइएको एसएसबीका इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।उनका अनुसार, पक्राउ पर्नेमा भारतको बिहार राज्यको वैशालीका राजीव रोशन, राकेश रोशन र दिलीप कुमार रहेका छन् ।
ती तीनै जनाले भारतको तमिलनाडुबाट १३ बर्षिया बालिकालाई लिएर वीरगन्ज नाका हुदैं नेपाल प्रवेश गर्ने योजना बनाएका थिए । उक्त सूचना पाएको एसएसबीले रक्सौलबाट पैदल हिड्दै वीरगन्ज तर्फ आउँदै गरेका उनिहरुलाई मितेरी पुलमा रोकेर सोधपुछ गरेको थिए ।
सोधपुछका क्रममा ती बालिकालाई उनिहरुले बिहारको वैशाली जिल्लाबाट प्रलोभनमा पारेर ल्याएको खुलासा भएपछि बालिकालाई उद्धार गरि त्यसमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर शर्माले बताए ।
शर्माका अनुसार, सोधपुछका क्रममा सुरुमा पक्राउ परेका युवकहरुले युवतीलाई विवाहको बहानामा तमिलनाडु लागेको बताएका थिए । त्यसपछि ती बालिकालाई दिल्ली लगेको खुलेको थियो । दिल्लीबाट नेपाल ल्याउन लागेको अवस्थामा ती बालिकाको उद्धार गरिएको इन्स्पेक्टर शर्माले बताए ।
शर्माका अनुसार, बालिकाको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा उनिहरुलाई कुनै जानकारी थिएन।फोन सम्पर्कमा अभिभावकले आफनी छोरीलाई नेपाल जान नदिन आग्रहसमेत गरेको इन्स्पेक्टर शर्माले बताए । उद्धार गरिएकी बालिकालाई उनका अभिभावक बोलाएर जिम्मा लगाउने र पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको शर्माले बताए ।