Birgunj News24
सुक्खा बन्दरगाह भन्सार कार्यालय चैत महिनाकोे राजस्व लक्ष्य संकलन पूरा गर्न असफल

वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चैत महिनाकोे राजस्व लक्ष्य संकलन पूरा गर्न असफल भएको छ । 
चैत महिनामा मात्र यो भन्सारले ४ अर्ब २८ करोड ८२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन चैतको राजस्व असूली लक्ष्य भन्दा २० प्रतिशतले कम हो ।
चैतमा ५ अर्ब ३२ करोड ९१ लाख २६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सार कार्यालयले पाएको थियो । भन्सार कार्यालयले चालु आर्थिक बर्षकालागि पाएको राजस्व असुली लक्ष्य भेटाउन पनि सहज हुँदै गएको छ ।

चालु आवमा चैतसम्ममा ४८ अर्ब ७० करोड ३७ लाख ७४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ३६ अर्ब ४५ करोड ९ लाख ३७ हजाररुपैयाँ राजस्व संकलन गरिएको सर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत शुसिल शर्माले बताए छ ।
गत आर्थिक वर्ष ०८९÷८० को चैत महिनामा ५ अर्ब ५९ करोड ३३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ३ अर्ब २२ करोड ५५ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत र चालु आर्थिक वर्षको चैत महिनामा ५ अर्ब लक्ष्य रहेपनि राजस्व संकलन फरक रहेको छ । जुन गत आर्थिक वर्ष भन्दा यो चालु आर्थिक वर्षको २३ प्रतिशतले राजस्व संकलन बढी हो ।

यसअघिका फल्गुन महिनामा ५ अर्ब ७९ करोड ७६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सारले ३ अर्ब ६२ करोड ४ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन लक्ष्यभन्दा ३८ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्ष ०८०÷८१ को चैतसम्ममा कुनैपनि महिनामा लक्ष्य पूरा गरेकोे छैन् । चालु आर्थिक वर्षको पहिलो महिना श्रावणमा भन्सार विभागले दिएको राजस्व संकलन लक्ष्यमा यो भन्सारले ९६ प्रतिशतले संकलन गरेको थियो ।
कुनै समय दोब्बर बढी राजस्व संकलन गर्ने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चैत महिनासम्म अलफल हुदै आएको छ । चालु आर्थिक वर्षको चैत महिनासम्ममा ५५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालयलाई अबको ३ महिनामा राजस्व संकलनको चुनौती बढ्ने बताइन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update