संविधानसभा सदस्य द्विवेदीलाई मातृशोक, आज साँझ ५ बजे दाहसंस्कार गरिने
वीरगन्ज । नेपाली कांग्रेस पर्साका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय द्विवेदीलाई मातृशोक परेको छ । द्विवेदीकी आमा निर्मालादेवीको आज बिहान ७९ बर्षको उमेरमा निधन भएको हो ।
बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगन्जको लिंकरोड स्थित भवानी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ६ बजे अस्पतालमा उपचारकै क्रममा निधन भएको द्विवेदीका आफन्तजनले जनाएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ निवासी द्विवेदीकी आमाको पार्थिव शरीरलाई गाउँमै राखिएको र साँझ ५ बजे घरबाट शवयात्रा सहित तिलावे पुलमा अन्त्यष्टि गर्ने तयारी रहेको पत्रकार अनिल तिवारीले जानकारी दिए । आफन्तजनका अनुसार निर्मलादेवीको श्रीमान, तीन छोरा र एक छोरी छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय