Birgunj News24
पप्पु फेरी फेल,अढाई बर्ष कालो सुचिमा

पप्पु फेरी फेल,अढाई बर्ष कालो सुचिमा 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रा.लि. लगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ । 

गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ । 

दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update