करेन्ट लागेर बारामा एक जनाको ज्यान गयो
करेन्ट लागेर बारामा एक जनाको ज्यान गयो
बारामा खेतमा सिंचाईका लागि विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।मृत्युु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटाका २५ बर्षिय काशीराज यादव रहेका छन् ।
बुधबार राति पौने ९ बजेतिर चैते धानका लागि खेतमा सिंचाइ गर्नका लागि विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि कलैया ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यादवको शव पोष्टमार्टमको लागी कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१ १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय