बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर २ बजार बरैनियाँमा बैशाख १६ गते देखि हुन गईरहको श्री बिष्णु महायज्ञमा दलित समुदायलाई बञ्चित गरिएको छ । बैशाख २७ गते सम्म चल्ने महायज्ञमा दलित समुदायलाई बेदी (चौका )बस्न बञ्चित गरिएको हो । बजार बरैनियाँका स्थानिय अनिल कुमार पासवान( पेन्टर)ले यज्ञ समितीका अध्यक्ष मनोज कुमार यादव र सदस्य धर्मेन्द्र साहले बेदीमा बस्नबाट बञ्चित गरेको आरोप लगाए । पासवानले गाँउमाला यज्ञमा आफु बेदीमा बस्ने भन्दा अध्यक्ष यादवले पंडित जी संग सोधेर भन्ने बताए । बेदीमा बस्न यज्ञ समितीले रु ३१हजार निर्णय गरेकोमा आफु ४१ हजार ५५१ दिन तयार हुदाँ समेत यज्ञ समितीले लिन न मानेको बताए । पासवानले अन्य जाति संग रु दस हजार लिएर बेदीमा बस्न लगाएको दावी गरे । पासवानले आफुसंग चन्दा समेत माँग्न नआएको आरोप लगाए । यता यज्ञ समितीका अध्यक्ष यादवले पासवानको भनाईमा सत्यता नभएको र अफवाहमा नपर्न आग्रह गरे ।