स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यो संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्’ड जेल जाने ठोकुवा गरेका छन् । सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा गरेका हुन् । विदेशी शक्तिहरूको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको सांसद सिंहले बताए । संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए। धर्मनिरपेक्षता माथि विदेशीहरूको इशारामा हिन्दुवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि दल र सरकारबाट प्रहार भइरहेको उनले बताए ।
उनले केहि समययता वीरगन्जसहित मधेसका विभिन्न शहरमा निरन्तर धर्मका नाममा अराजक जुलुश र ¥यालीहरु निकालिदैछ । यसले नै प्रष्ट हुन्छ । विदेशी शक्तिहरू लागेर मधेसमा धर्मको नाममा द्वन्द्व सृजना गर्न खोजिरहेको सांसद सिंहले बताए ।त्यसकारण संविधान अहिले संकटमा परेको उनको बुझाइ छ । उनले प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको आरोपपनि लगाए । नेपालको राजनीतिमा अहिले परिवारिककरण,व्यपारीकरण र भ्रष्टिकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभइ व्यापारका रुपमा फस्टाएको टिप्पणी गरे । उनले नेपालमा विदेशी दलालीकरण पनि बढेको बताए । देश अहिले २० जना बिचौलीयाहरूले मात्रै चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उनले बताए । उनले भने,‘अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ भने यत्तिले नै पुष्टि हुन्छ कि देशको अर्थतन्त्र कति जर्जर अवस्थामा पुगेको छ ।
अन्नपुर्णपोष्ट