पर्सा प्रहरीले गएराती वीरगन्जबाट भारतीय नागरिक ४० बर्षिय बब्लु पासवान भन्ने गणेश पासवानलाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार,विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतितर वीरगन्ज–१६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो ।त्यसमध्ये एक राउन्ड गोली पासवानको खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए ।प्रहरी श्रोतका अनुसार उनी २०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर हुन् ।उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।पासवान लागू ओैषधको कारोबारी समेत रहेको थापाले बताए ।घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थापाले जानकारी दिए।पासवानको साथबाट एक थान पेस्तोल र केहि राउन्ड गोलीका साथै केहि परिमाणमा लागू ओैषधपनि बरामद भएको थापाले बताए ।