Birgunj News24
वीरगञ्जको नबिल बैंकबाट करौडोँ रकम गायब

वीरगञ्ज । वीरगञ्जस्थित नबिल बैंकको बाइपास शाखाको भल्टबाट करोडौँ रकम गायब भएको छ । आइतबार राती शाखाको भल्टबाट करिब एक करोड भन्दा बढी रकम चोरी भएको सूचना प्राप्त भएको छ । 

प्राप्त सूचनाअनुसार योजनाबद्ध ढङ्गले चोरी भएको देखिएको छ । कटरले ताल्चा काटी भल्ट फोडेर गए राती रकम चोरी भएको हो । विश्वसनीय स्रोतका अनुसार भल्टमा भएको करिब ३ करोड भन्दा बढी रकम मध्ये एक करोड बढी चोरी भएको छ भने बाँकी रकम भल्टमै छ । कार्यालय रहेको घरका घरबेटीको सामान पनि चोरी भएको छ । चोरीको प्रकृति हेर्दा योजना बनाएर रकम लुटिएको स्पष्ट हुन्छ । 

चोरी भएकै कारण आज बाइपास शाखाबाट कारोबार भएको थिएन । ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगञ्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ शाखा कार्यालयको गेटमा सूचना टाँसिएको छ । 

चोरी हुनु पूर्व बैंकको सिसिटिभी क्यामरा पनि बिग्रिएको पाइएको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘घटनाको प्रकृति हेर्दा यसमा कर्मचारीको पनि संलग्नता रहेको हुन सक्ने आशङ्का छ । किनभने सिसिटिभी क्यामरा पनि चोरी हुनु पूर्व नै बिग्रिनु र भल्ट कहाँ छ? त्यसबाट आधा पैसा चोरी हुनु र आधा नहुनु लगायतका कारणले कर्मचारीको संलग्नता रहेको हुन सक्ने सम्भावना देखिन्छ ।

साभार :- चोवाईस खबर 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update