Birgunj News24
ठोरी भन्सार  पुन सञ्चालनमा

ठोरी भन्सार  पुन सञ्चालनमा
 पर्साको ठोरी –२ मा रहेको छोटी भन्सार कार्यालय हिजोबाट पुनः सञ्चालनमा आएको छ । कर्मचारी अभावमा लामो समयदेखि बन्द सो छोटी भन्सारको एक कार्यक्रमका बीच बुधबार भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रिबन काटेर पुनः सुचारु गर्नुभएको छ । 

वीरगञ्ज भन्सार कार्यालय मातहतको सो छोटी भन्सार सन्चालन नहुँदा ठोरी र विशेषगरी चितवनको माडीका जनतालाई सास्ती हुने गरेको थियो । 
पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब ६ वर्षअघि तयार पारिएको भएपनि कर्मचारी  नहुँदा राजस्व  चुहावट हुँदै आएको थियो ।

ठोरीसंग सिमाना जोडिएको भारततर्फको भिखना ठोरीमा भन्सार कार्यालय नभएपनि एकतर्फी रुपमा नेपालमा सो भन्सार कार्यालय सन्चालनमा आएको हो ।  विशेषगरी भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान ठोरी भएर आउने गरेको भएपनि भन्सार नहुँदा स्थानीयबासीलाई समस्या हुने गरेको थियो ।

भन्सार कार्यालयको उद्घाटन गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख दाहालले भन्सार कार्यालयलाई महानगरका तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी , ठोरी गापाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठ  लगायत ठोरीका जनप्रतिनिधि एवम् स्थानीय विभिन्न दलका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update