Birgunj News24
मनोज ग्याँसद्वारा आर्थिक सहयोग

मनोज ग्याँसद्वारा आर्थिक सहयोग
मनोज ग्याँस उद्योग प्रालीले वीरगन्जको एक सामुदायिक विद्यालयमा निजी श्रोतमा कार्यरत एक शिक्षिकाको एक वर्ष बराबरको पारिश्रमिक उपलब्ध गराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनास्थित नेपाल गीता गजेन्द्रराज जोशी माविमा निजी श्रोतमा कार्यरत शिक्षिका उमावती देवीको एक वर्षको पारिश्रमिक मनोज ग्याँस प्रा.लि.ले उपलब्ध गराएको हो ।

मनोज ग्यास उद्योग प्रा.ली.का प्रबन्ध निर्देशक मनोज दासले विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।वडाध्यक्ष राधाकृष्ण रौनियार र प्रबन्ध निर्देशक दासले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार लाललाई १ लाख ४४ हजार रुपैयाँँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सहयोग गरेको उद्योगी दासले बताए ।

वडाध्यक्ष रौनियारले उद्योगी व्यवसायीले सामाजिक कार्यमा गरेको सहयोगकोसह्राना गरे ।साथै उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्दै समाज रुपान्तरणका लागि काम गर्नुपर्नेमा जोड दिए ।

यसअघिपनि मनोज ग्यास उद्योग प्रालीले एक जना शिक्षकको सहयोगकै लागि एक १ लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको थियो । विद्यालयमा शैक्षिक जनशक्ति अभाव हुने र पठनपाठनका लागि निजी श्रोतबाट जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको खाँचो परेको वडाध्यक्ष रौनियारले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update