नेकपा एमाल पर्साको ९ औं जिल्ला अधिवेशनको निर्वाचनमा सह सचिवका उम्मेदवार रामकिसोर सिंह पराग माथि आक्रमण भएको छ । निर्वाचन कमिटीले जबरजस्ती निर्वाचन गराउन खोजेपछि वडा नम्बर २० का वडा अध्यक्ष समेत रहेका सिंहले रोक्न खोज्दा उनी माथि आक्रमण भएको हो । उपाध्यक्ष मनोज गुप्ता पक्षले केही पदाधिकारी तथा सदस्यहरुको चयनका लागि जबरजस्ती मतदान गराउन खोजेपछि झडपको स्थित सृजना भएको जिल्ला सचिवका उम्मेदव नवराज शर्माले जानकारी दिएका छन् ।
संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरसंस्थापन पक्षमाथि हमला गर्न थालेपछि वडाअध्यक्ष सिंह घाइते भएको उनको आरोप छ । शर्माका अनुसार घाइते सिंहको नाकमा चोटपकट लागेको, जसकारण नाक फुटेको छ । घाइते सिंह नेशनल मेडिकल कलेजमा उपचार पश्चात घर फर्केका छन ।
घाईते सिंहले गैरपार्टीको नेताको निर्दैशनमा आफुमाथि आक्रमण भएको आरोप लगाए । सिंहले अन्य पार्टीको ईसारामा चल्ने कथित एमाले भनाउदाँ केहि नक्कली कम्युनिष्टले आफुमाथि आक्रमण गरि गैरपार्टीका नेतालाई खुशी पार्ने काम गरेको बताए । स्वस्थ्य प्रतिस्पर्धा गर्न आफु तयार रहेको बताउदै सिंहले सचिवको उम्मेदावर लगायत केहि पदाधिकारीमा देखिएको त्रुटिको बिषयमा निर्वाचन कमिटीले जवाफ नै नदिई आफुहरुलाई पेलेर निर्वाचन गराउन खोजेपछि विवाद खडा भएको सिंहको भनाई थियो । सिंहले भयरहित, स्वच्छ र निष्पक्ष चुनावको पक्षमा आफु रहेको बताए ।