चाँदीका गहना सहित फेटाका सोनार पक्राउ
वीरगञ्जबाट चाँदीका गहना सहित एकजना पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय पर्साले चाँदीका गरगहनासहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट चाँदीको गरगहनासहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षका रोशन सोनार रहेका छन् । भारतबाट अवैधरूपमा चाँदीका गर–गहनाहरु ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले उनलाई जाँच गरेको थियो ।
सोही क्रममा सोनारले कम्मरको भागमा रातो सेतो रङको गम्छाले बाँधेर लुकाइछिपाई ल्याउदै गरेको अवस्थामा उक्त गरगहनाहरु बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।
उनको साथबाट चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहनाहरू २ केजी १७३ ग्राम फेला परेको प्रवक्ता थापाले बताए ।
पक्राउ परेकामाथि राजश्व छलि चोरी पैठारी समबन्धि मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।