Birgunj News24
पानी पर्ने बितिकै ,बिजुली जाने बितिकै मालपोत कार्यालयको काम बन्द

पानी पर्ने बितिकै मालपोत कार्यालयको काम बन्द हुन्छ, जेनेरेटर बनाउन मान्दैन कर्मचारीहरु
मालपोत कार्यालय पर्साको गैर जिम्मेवारीका कारण सेवाग्राही मर्कामा परेका छन । काम बिशेषले आउने सेवाग्राही मालपोत कार्यालयको रवैयाका कारण पिडित हुने गरेका छन । सरकारी कार्यालय भएपनि सेवाग्राहीको लागि केहि सुविधा नहुदाँ सेवाग्राही पिडित हुने गरेका छन । मंगलबार दिउँसो परेको एकछिनको बर्षाको कारण कामनै ठप्प पारी मालपोत कार्यालयका कर्मचारी रमिता हेरेर बसे । पानी परेको बेला बिजुली नहुदा मालपोतका कर्मचारीलाई झनै सजिलो हुने गरेको छ । मालपोतमा भएको जेनेरेटर यतिकै थन्केर बसेको छ । कर्मचारी बनाउन मान्दैन । मालपोत कार्यालयमा पानी पर्ने बितिकै सबै काम काज बन्द हुने गरेको एक सेवाग्राहीले बताए ।“जेनेरेटर छ तर चल्दैन ।  कर्मचारी  लाई बस्ने कुर्सी त छ ,  तर सेवा ग्राही लाई बस्ने कुर्सी बेन्ची , छैन ,कर्मचारी लाई त मिनिरल वाटर तर जनता लाई चापाकलको पनि पानी पिउने व्यवस्था समेत  छैन  शौचालय समेत छैन  , जेनेरेटर त छ तर चल्दैन  बति (बिजुली) कटने बितिक्कै यो कार्यालय को सम्पुर्ण काम काज पुर्ण रुपले ठप्प हुने गरेको उनको आरोप छ । उनले यतिका महत्वपुर्ण कार्यालयमा यतिका गैरजिम्मेवारी काम हुदा समेत सरोकारवाला निकाय मौन बसेकोमा आक्रोस पोखे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update