Birgunj News24
सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको समान बरामद |

सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको समान बरामद
सशस्त्र प्रहरी बलले रौतहटको विभिन्न स्थानबाट राजस्व छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले रौतहटको विभिन्न नाकाबाट राजस्व छलेर अवैध रूपले भित्रिएको लत्ताकपडा, किराना सामान तथा मदिरालगायतका सामान बरामद गरेको जनाएको छ ।भन्सार छलेर ल्याइएको ४०४ थान लत्ताकपडा सहित भारततर्फ अवैधरूपमा पठाउन लागिएको १०४ कार्टुन मदिरासमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीले अवैध कारोबारमा प्रयोग भएका ४ थान मोटरसाइकल र ६ थान साइकल समेत बरामद गरेको छ ।बरामद गरिएका सामान भन्सार कार्यालयमा पठाइएको नम्बर ११ गणले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update