Birgunj News24
सरावगीको असन्तुष्टी सम्बोधन हुने एमालेको राजनीतिलाई अघि बढाउने निष्कर्षमा

बीरगंज २९ बैशाख ÷ नेकपा एमालेका केन्द्रीय सल्लाहाकार तथा बीरगंज महानगरपालिकाको पुर्ब नगर प्रमुख बिजय कुमार सरावगी पुनः एमालेको नै राजनीतिमा सक्रिए रहेने निष्कर्षमा पुगेको उनी निकटवर्ती सूत्रले जानकारी दिएका छन । आज बिहान एमाले प्रबेश गरेका अगूवाहरुको सल्लाहमा एमाले मै रहन ब्यापक दवाव सृजना भएपछि हाललाई आफ्नो असन्तुष्टी बिधिबत रुपमा माथि राख्ने र त्यसको सम्बोधन गराउन सबैले प्रयास गर्ने सहमति पछि उनी पुन एमालेको राजनीतिमा सक्रिए रहने भएको कुरा प्राप्त समाचारमा जनाइको छ । 
               उनीसँग बिहान एमालेको मधेश प्रदेश कमिटीका उपाध्याक्ष बिचारी प्रासद यादको समेतको रोहबरमा जयनारयाण प्रसाद कुर्मी, बासुदेब यादब, लियाकत अली, भरत प्रसाद कुर्मी, विश्वराज प्रसाद कुर्मी, पिन्टु उपाध्याय, पवन यादब लगायत दर्जनौको सहभागितामा यस्तो निष्कर्ष निस्केको समाचार प्राप्त हुन आएको छ । यस बीचमा उनको बारेमा बिबिध खालको अडकल बाजी समेत लगाउन थालिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update