Birgunj News24
गीता मन्दिर सौन्दर्यकरणका लागि व्यपारिक सटरहरूमा महानगरको डोजर चल्यो

गीता मन्दिर सौन्दर्यकरणका लागि व्यपारिक सटरहरूमा महानगरको डोजर चल्यो
वीरगञ्ज महानगरपालिकाले गीतामन्दिरको सौन्दर्यकरण गर्ने भएको छ । गीता मन्दिर सौन्दर्यकरणका लागि महानगरपालिकाले मन्दिरको जग्गा कब्जा गरेर बनाइएका व्यपारिक सटरहरूमा डोजर चलाएको छ । 

वर्षौदेखि केही व्यक्तिहरुले मन्दिर अगाडी अवैध संरचना बनाएर सटरमार्फत मासिक लाखौँ रकम उठाउँदै आइरहेको पाइएको थियो । सोही गुनासोलाई लक्षित गर्दै महानगरपालिकाले संरचना डोजर लगाएर भत्काउन लागेको हो । 

मन्दिर सञ्चालक समितिका सदस्यहरूको सहमतिमै सटरहरू हटाउन लागिएको वीरगञ्ज महानगरले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update