मङ्गलबारसम्म तराई र पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
आउँदो मङ्गलवारसम्म देशका तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ ।
यो हप्ताको मध्य अर्थात् भोलि आइतवार, पर्सि सोमवार र मङ्गलवारसम्म गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ तथा बाँकी पहाडी भू–भाग र तराई क्षेत्रका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कृषि–मौसम सल्लाह बुलेटिनमा उल्लेख छ ।
नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा कृषि–मौसम सल्लाह बुलेटिन तयार पार्दै आएको छ । बुलेटिनले हप्ताको शुरुवात शुक्रवार र शनिवार, मध्य आइतवार, सोमवार र मङ्गलवार तथा हप्ताको अन्त्य बुधवार र बिहीवारलाई आधार मान्ने गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय