ओलीको स्वास्थ्यमा समस्या,बारा र पर्साका कार्यक्रम रद्द, जेठ ४ गते निर्धारित कार्यक्रम हुन
नेकपा एमालेका अध्यक्ष एंवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बारा र पर्साजिल्ला आउने कार्यक्रम स्थगित भएको छ ।
उनको स्वास्थ्यमा समस्या आएको कारण बारा र पर्सा आउने कार्यक्रम रद्द गरिएको जनाइएको छ ।
नेकपा एमाले पर्साको ९ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपतग्रहण कार्यक्रम र बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न उनी आज बारा आउन लागेका थिए ।
उनी नआउने भएपछि शपथ ग्रहण र प्रशासकीय भवनको उद्घाटन कार्यक्रम पनि स्थगित भएको एमालेका नेता अकलेश साहले जनाएका छन ।
अब सो कार्यक्रमहरुजेष्ठ ४ गते शुक्रबार विहान ११ बजे हुने निश्चित गरीएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ १०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय