Birgunj News24
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादवले लिए शपथ

 जनता समाजवादी पार्टी जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । 

जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।  यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो ।  जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट एक जना मन्त्री पहिले नै सरकारमै छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update