समाज परिवर्तन नेपालको आयोजनामा आज पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मा रहेको श्री राम चरित्र भगत मा.बि मा निशुल्क सेनेटरी प्याड बितरण गरिएको छ । प्रोईज सेनेटरी प्याड लि.को सहयोगमा बिद्यालयमा अध्यनरत ६०० छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गरिएको हो । प्रहरी नायब उपरिक्षक केशर न्यौपानेको प्रमुख आतिथ्य र बिद्यालका प्रधानाध्यापक मनोज यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले सेनेटरी प्याडको महत्वबारे जानकारी गराउन ग्रामिण भेगको बिद्यालयमा यस्तो कार्यक्रम राखिएको बताए । उहाँले ग्रामिण भेगमा अहिले पनि सेनेटरी प्याडको महत्वबारे जानकारी नभएको र यस्ता बस्तुबारे ग्रामिण भेगका महिलाहरु खुलेर कुरा गर्न लाज मान्ने गरेको दावी गरे । उहाँले यस्ता कार्यक्रमले ग्रामिण भेगमा पनि सेनेटरी प्याडको महत्व बढ्ने र गाँउका महिलाहरु आफनो स्वास्थ्यबारे सचेन हुने विश्वास व्यक्त गरे । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष अकलेश साहले छात्राहरुलाई ध्यान दिएर शिक्षा आर्जन गर्न सुझाव दिए । उहाँले मधेशमा महिला शिक्षाको अवस्था कमजोर रहेको र अहिले पनि महिलालाई शिक्षाबाट बञ्चित गर्ने काम भईरहेकाले महिलालाई पनि शिक्षाको अवसर दिन आग्रह गरे । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष संजय चौहान, शिक्षक पप्पु चौहान, मनोज राम, अर्जुन चौहान, बच्चु राम, प्रकाश साह, सरोज शर्मा ,सिकेन्द्र सहनी, दिपेन्द्र साह, कृष्णा यादव, गणेश साह, पत्रकार सुनिल श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रकाश साहले गरेका थिए ।