Birgunj News24
नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमिति विस्तार 

 नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको कार्यसमिति विस्तार भएको छ । तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ समितिलाई विस्तार गरेका हो ।

तिवारीले एकैपटक ४ उपाध्यक्ष सहित १३ जनालाई तरुण दलका विभिन्न पदमा मनोनयन गरेका हुन् । नेपाल तरुण दल पर्साका उपाध्यक्षमा राजउपनेश चौरसिया , सागर लामा , बिबेक कलवार , साहेब मल्लिक  पप्पु यादव रहेका छन ।

त्यसैगरी जिल्ला सचिवमा समिर मंसुरी ,संतोष महतो र सह–सचिवमा रुपेश यादव , अर्जन गुप्ता , दिनेश यादव , महसिन राजा , रकेश कुमार रौनियार रहेका छन भने कोषाध्यक्षमा प्रिती गुप्तालाई मनोनित गरिएको छ ।

तरुण दल पर्साका अध्यक्ष विकास तिवारीले जिल्ला कार्यसमिति विस्तार गर्दै ११७ सदस्यिय जिल्ला कार्यसमिति बनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update