Birgunj News24
वीरगञ्जको आइसिपी भन्सार कार्यालयद्वारा ४० अर्ब रुपैँया राजश्व संकलन

वीरगञ्जको सिर्सियास्थित एकीकृत सुरक्षा जाँच चौकी आइसिपी भन्सार कार्यालयले ४० अर्ब रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०र०८१ को १० महिनाको अवधिमा उक्त रकम संकलन गरेको हो ।

आइसिपीले उपलब्ध गराएको तथ्यांक अनुसार कार्यालयले उक्त समयमा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैँया संकलन गरेको हो । यो कार्यालयले पाएको लक्ष्यको ६० दशमलव ७२ प्रतिशत हो । कार्यालयले चालु आर्थिक वर्षको सोही अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो ।
कार्यालयका प्रमुख डा। रामप्रसाद मैनालीले आर्थिक मन्दीका कारण बजार सुस्ताएकोले अपेक्षा गरे अनुसारको राजश्व संकलन नभएको बताए ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुने गरेको छ । विगतमा दैनिक तीन वटा कार्गो रेलबाट मालसमान आउने गरेकामा अहिले दुई वटाबाट आउने गरेको छ । कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update