नेकपा एमाले सहितको वर्तमान सरकारले मात्र देश बनाउने एमालेका अध्यक्ष केपि शर्मा ओलिले दावी गरेका छन । शुक्रबार वीरगंजमा आयोजित शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले नै देशलाई निकाश दिने बताए । काँग्रेसले सदनभित्र गरेको ड्रामाको कुनै औचित्य नभएको बताउदै ओलीले सरकार बाहिर रहेको पिडाले काँग्रेस बिक्षिप्त बनेको बताए ।
मिसन ८४लाई सफल बनाउन एमालेले देशभरिनै काम गरेको बताउदै पार्टी भित्र गुटबन्दी नगरि एकबद्ध भएर पार्टी र संगठनको काममा लाग्न निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ, कृषिमन्त्री ज्वाला साह,सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा, पोलिटव्युरो सदस्य सुमन प्याकुरेल, नेताहरु शिव पटेल लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन प्रमुख भोजराज ढकालले शपथ ग्रहण गराएका थिए ।