Birgunj News24
गढीमाई मेलाको मिति सार्वजनिक भएको छैन  मेयर यादव

बाराको बरियारपुरमा हरेक पाँच बर्षमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलाको भ्रामक प्रचारले भक्तजनहरुलाई झुक्याईदै छ ।पाँच बर्षमा लाग्ने मेलाको अहिले स्थानीय तहको सरकारले कुनै पनि निर्णय नगरेपनि भ्रामक प्रचार हुन थालेपछि महानगढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले यसको खण्डन गरेका छन् । उनले भने, “मेलाको मिति तय भभएको छैन् । समाजिक सञ्जालमा भाईरल बनाइएका मिति आधिकारिक छैन ।”

प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेलाको मंसिर १७ गते देखि शुरु हुने भनेर विभिन्न समाजिक सञ्जाल र केही अनलाईन सञ्चार माध्यममा आएका सामाग्रीमा विश्वास नगर्न उनले आग्रह गरे । उनले भने, ‘यो मेला १० दिनको हुँदै होईन । मेला त १ महिना सम्म नै लाग्छ ।’ मेला असोजबाट नै शुरु भई पौष मसान्त सम्म नै मेला लाग्ने हुँदा भाईरल भएका सामाग्रीमा मिति आधिकारिक नभएको मेयर यादवले पुष्टि गरे ।

तिथिको अनुसार बलि दिने मिति सहि भए पनि मेला शुरु हुने भने आधिकारिक छैन । सानोतिनो मेला ३ महिने नै रहन्छ तर मुल मेला १ महिने मंसिर १ गतेबाट मंसिर ३० गते सम्म नै लाग्ने हो । तर अहिले तिथि प्रति छलफल गरेर कुनै मिति तय नगरिएको उनको भनाई छ ।

उनले भने “विवाह जस्तै गढीमाई माताको मेलाको दिन उतारिन्छ, असारमा जब सिमाना बाँधिन्छ तब पुजारी, पण्डित र समदायमा बुद्धिजीवीहरु बसेर तिथिहरुमा सल्लाह गरिन्छ अनि चिठी बन्छ, उक्त चिठीमा हल्दी ९बेसार० लगाईन्छ, त्यसपछि मितिको सूचना प्रवाह गरिने प्रचलन छ । तर अहिले कुनै किसिमको आधिकारिक मिति तय गरिएको छैन ।” समाजिक सञ्जालमा फैलाइएका मिति आधिकारिक मिति नभएको मेयर यादवको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update