Birgunj News24
चुनावका कारण मधेशका तिन जिल्लाको सिमा तिन दिन बन्द रहने 

मधेस प्रदेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने भएको छ । भारतीय सीमासँग जोडिएका प्रदेशका ४ जिल्लाका सीमा आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द हुने भएको हो ।

भारतमा जारी लोकसभा चुनाव अन्र्तगत विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सीमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रदेशका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरी जिल्लाका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुदैछ ।

सोहीलाई मध्यनजर गर्दै हिजो  जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाइएको छ । विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरे बमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।

यसैबिच सोही निर्वाचनलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा तीन दिनका लागि बन्द हुने भएको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update