Birgunj News24
सखुवा प्रसौनी गाँउपालिकामा ओलीलाई ५१ किलोको मालाले स्वागत

पर्साको सखुवा प्रसौनी गाँउपालिकामा शुक्रबार नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५२किलोको मालाले स्वागत गरिएको छ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ ओैराहा पन्चगावास्थित दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको समुद्घाटन गर्न शुक्रबार पुगेका ओलीलाई ५१ किलोको मालाले स्वागत गरिएको हो।कार्यक्रममा सखुवाप्रसौनी गाँउपालिकका अध्यक्ष यशवन्त यादवले अध्यक्ष ओलीलाई ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

शिक्षा विज्ञान तथा मानव स्रोत विकास केन्द्र काठमाडौको आर्थिक सहयोगमा प्राप्त १ करोड ८५ लाखको लागतमा ३२ वटा कोठा रहेको तीन तल्ले छात्रावास निर्माण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर माहासेठ,कृषि मन्त्री ज्वाला साह,प्रदेश सरकारका शिक्षामन्त्री प्रमोद जयसवाल, संघीय सांसद राजकुमार गुप्ता र प्रभु हजरा,,गाँउपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो,नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोज गुप्ता,पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार,प्रधानाध्यापक शिवनाथ चौधरी लगायतकोपनि सहभागीता थियो।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update