गरुडाका घुमुवा बिजय यादवले आर्थिक आतंक मचाए, रवाना बुझेपनि गरुडा छाड्न मानेन्न
वीरगंज,
ईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत हवलदार(घुमुवा) बिजय यादव आर्थिक आतंक मचाएको समाचार प्राप्त भएको छ । जेठ २ गते वीरगंजको लागि रवाना बुझेपनि हवलदार यादव अझैपनि गरुडा छाडेका छैन । उनी गरुडामा बसेर आर्थिक आंतक मचाईरहेकोे श्रोतको दावी छ । यादवले पोके तस्तकर, व्यवपारि, होटल, भठी संचालकहरु संग मोटो रकम लिने गरेको बुझिएको छ ।तस्करहरु सँग मासिक रुपमै नजराना लिने गरेको कारण तस्करहरुलाई छुट दिएको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
यता यसबारे हवलदार यादव संग बुझदा आफु बिदामा बसेको जानकारी दिए । उनले रवाना बुझेदेखि गरुडा नगएको र घरमै बिदामा बसेको बताए । उनले आफु बिरुद्ध लागेको आरोप अस्वीकार समेत गरे ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय